२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

आइजीआई प्रुडेन्सियलद्वारा काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थलाई सहयोग

Nada
२०८१ चैत १ गते २०:३४
Shares
आइजीआई प्रुडेन्सियलद्वारा काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थलाई सहयोग

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका थिए ।

ncell

यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थको बुढानीलकण्ठमा निर्माण भइरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)युगेशभक्त बादे श्रेष्ठले काठमाडौं इन्स्च्यिूट अफ चाइल्ड हेल्थको व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्य राजेन्द्रसिंह भण्डारी, कम्पनीका सीईओ श्रेष्ठको उपस्थिति रहेको थियो । उक्त बाल अस्पतालको लागत २ अर्ब ६५ करोड रुपैयाँ अनुमान गरिएको छ ।

सम्बन्धित खबर