२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नेपाल एसबिआई बैंक र द रुबस होटेल धनगढीबीच सम्झौता

Nada
२०८१ फागुन २८ गते २०:२७
Shares
नेपाल एसबिआई बैंक र द रुबस होटेल धनगढीबीच सम्झौता

काठमाडौं : नेपाल एसबिआई बैंक र द रुबस होटेल, धनगढी, कैलालीबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

ncell

उक्त सम्झौतापत्र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोषकुमार भण्डारी र द रुबस होटेलका प्रबन्ध निर्देशक प्रकाश भट्टले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर