२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

चितवनमा टाटाको नयाँ ईभी सार्वजनिक

Nada
२०८१ फागुन २८ गते २०:२५
Shares
चितवनमा टाटाको नयाँ ईभी सार्वजनिक

काठमाडौं : टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी–२०२५ चितवनमा लन्च गरेको छ । चितवनस्थित चितवन गार्डेन रिसोर्टमा एक समारोहको बीचमा उक्त गाडीहरू लन्च गरिएको हो ।

ncell

सो समारोहमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख महाप्रबन्धक सावन्तजंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ सुमन कुमार श्रेष्ठ, एफएनसीसीआई चितवनका अध्यक्ष सहभागी भएका थिए ।

कार्यक्रममा सावन्तजंग सिजापतीले भने, ‘कर्भ ईभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपूर्ण नेपाली बाटोघाटोलाई सुहाउने प्रिमियम गाडी भएकाले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरूको पहिलो रोजाइमा पर्नेमा हामी ढुक्क छौँ ।’

अब चितवनको ग्राहकहरूले सफल मोटर्सको शोरुममा गएर लन्च भएका यी गाडीहरू टेस्ट ड्राइभ र खरिद गर्न सक्नेछन् ।

सम्बन्धित खबर