२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

जनकपुरधाममा झुन्डिएको अवस्थामा युवकको शव फेला 

Nada
२०८१ फागुन २८ गते १५:१८
Shares
जनकपुरधाममा झुन्डिएको अवस्थामा युवकको शव फेला 

जनकपुरः जनकपुरधाममा एक जना युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

ncell

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ पुलचोस्थित आँपको बगैँचामा अन्दाजी २५ वर्षीय युवक झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

बुधबार (आज) विहान स्थानीयहरुले युवक झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको उनले बताए ।
 

सम्बन्धित खबर