२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

जाजरकोटमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६२ जनाले लिए सेवा

shivam cement
प्रचण्ड खत्री
२०८१ फागुन २७ गते १३:०८
जाजरकोटमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६२ जनाले लिए सेवा

रुकुम पश्चिम : जाजरकोटको नलगाड नगरपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नलगाड नगरपालिका जाजरकोट र मानव विकास तथा सामुदायिक सेवा मेहर परियोजनाको संयुक्त आयोजना एवं समन्वयमा वडा नम्वर १२ को तल्लुबगरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

शिविरमा ३६२ जना विभिन्न प्रकृतिका समस्या भएका विरामीहरुको स्वास्थ्य परीक्षण गरी उपचार तथा परामर्श सेवा प्रदान गरिएको मेहर परियोजनाका संयोजक कुमेर परियारले जानकारी दिए । शिविरमा सहभागी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको नाक, कान, घाँटी, मौसमी ज्वरो, रुघाखोकी, एलर्जी, महिलाहरुको महिनावारी अनियमितता, तल्लो पेटको दुखायलगायतका समस्या भएका बिरामीहरुको स्वास्थ्य जाँच गरी उपचार तथा परामर्श सेवा प्रदान गरिएको संयोजक परियारले बताए  ।

शिविरमा रगत तथा पिसावको परीक्षण, गर्भवती एवं पेटसम्बन्धी समस्या भएका ३०८ जना महिलाहरुको भिडियो एक्सरेसमेत गरिएको थियो । मेहर परियोजना तथा अस्पतालले आफनो कार्ययोजना र स्थानीयतहरूसँगको समन्वय एवं सहकार्यमा वर्षेनी रुकुम, सल्यान, जाजरकोटलगायत जिल्लाका विभिन्न दुर्गम गाउँ तथा बस्तीमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दैआएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षणपछि जटिल प्रकृतिका समस्या भएका बिरामीहरूलाई अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । शिविरमा चौरजहारी अस्पतालमा कार्यरत डाक्टर रुवेन शाहुको नेतृत्वमा डाक्टर अक्सा गिरीसहित १४ जनाको टोली खटिएको थियो ।

साथै आज सोही पालिकाको वडा नं. ३ को कैनामा पनि नि:शुल्क स्वास्थ्य शिविर संचालन भइरहेको आयोजकले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise