२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पूर्वाञ्चल विश्वविद्यालयका ८ हजार विद्यार्थी दीक्षित हुँदै

Nada
२०८१ फागुन २७ गते १३:००
Shares
पूर्वाञ्चल विश्वविद्यालयका ८ हजार विद्यार्थी दीक्षित हुँदै

मोरङ : पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदै छ ।

ncell

दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आउदै छन् ।

कला संकायतर्फ २०४, कानुनतर्फ ४९७, शिक्षाशास्त्र संकायतर्फ ९०६, व्यवस्थापन संकायतर्फ दुई हजार २४९, चिकित्साशास्त्र संकायतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधि संकयतर्फ ६५४ तथा इन्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्थी दीक्षित हुने सूचना अधिकारी अधिकारीले बताए ।

सम्बन्धित खबर