२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नेप्से परिसूचकमा लगातार गिरावट

Nada
२०८१ फागुन २६ गते १६:१५
Shares
नेप्से परिसूचकमा लगातार गिरावट

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो छ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक आज पनि ओरालो लागेको देखिएको हो ।

ncell

आज २० दशमलव ६८ अङ्कको गिरावटपछि नेप्से परिसूचक दुई हजार ७५१ दशमलव ४२ को विन्दुमा कायम भएको छ । ३११ कम्पनीको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८७ हजार १५६ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको अवस्था छ । सबैभन्दा धेरै ‘म्युचुअल फन्ड’ तीन दशमलव ०६, व्यापार एक दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव १५, जलविद्युत् एक दशमलव १६ र लगानी एक दशमलव ५१ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैङ्किङ शून्य दशमलव ४४, विकास बैङ्क शून्य दशमलव ७३, वित्त शून्य दशमलव ७०, होटल तथा पर्यटन शून्य दशमलव ९९, जीवन बीमा शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बीमा समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल ‘रिइन्स्योरेन्स कम्पनी लिमिटेड’को रु ७३ करोड ५० लाख ९० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ‘घलेम्दी हाइड्रो लिमिटेड’को ११ लाख ६३ हजार आठ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित खबर