२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

‘फ्लोरा एक्स्पो’ चैत्र १ देखि, करोड बढीको कारोबार हुने

Nada
२०८१ फागुन २६ गते १५:१६
Shares
‘फ्लोरा एक्स्पो’ चैत्र १ देखि, करोड बढीको कारोबार हुने

काठमाडौंः फ्लोरिकल्चर एशोसिएसन नेपालले २६ औं संस्करणको पुष्प प्रदर्शनीको आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एशोसिएसनले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत्र १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा ‘फ्लोरा एक्स्पो’ आयोजना गर्ने जानकारी दिएको हो ।

ncell

एक्स्पोमा व्यवसायिक स्टल तथा अफिसियलसहित गरी जम्मा ८२ वटा स्टल राखिने एशोसिएसनले जानकारी दिएको छ । एशोसिएसनका अनुसार मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल, बिरुवाहरुको विधाहरुमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइनेछ ।

प्रतिस्पर्धामा समावेश भएका पुष्पको विधाअनुरुप विषय विज्ञ प्राविधिकद्वारा मूल्याङ्कन हुनेछ । प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । साथै नर्सरी व्यवसायीहरु मध्ये एक जनालाई छनौट गरी कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजले जनाएको छ । यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहनेछ ।

पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाँइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमलाहरु, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।

घर आँगन बगैँचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान सिप हासिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुका लागि एक्स्पोले महत्वपूर्ण योगदान पुर्‍याउने एशोसिएसनकाे विश्वास छ । यस वर्ष एक्स्पोमा करिब ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा एक करोड बढीको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकको छ । 

सम्बन्धित खबर