२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नेपाल–इटालीबीच व्यापार, लगानी, पर्यटन तथा विकासलाई प्रवर्द्धन गर्ने सम्भावनाबारे छलफल

Nada
२०८१ फागुन २६ गते १२:१९
Shares
नेपाल–इटालीबीच व्यापार, लगानी, पर्यटन तथा विकासलाई प्रवर्द्धन गर्ने सम्भावनाबारे छलफल

काठमाडौं : नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका राजदूत एन्तोनियो बार्तोलीबीच भेटवार्ता भएको छ ।

ncell

शुक्रबार भएको भेटका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन तथा विकासलाई प्रवर्द्धन गर्ने सम्भावनाका बारेमा छलफल भएको छ ।

बैठकमा कोलकत्ताका लागि इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका संरक्षक राजेश काजी श्रेष्ठ, नेपालका लागि इटालीकी महावाणिज्यदूत प्रतिमा राणा पाँडे तथा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका बोर्ड सदस्यहरूको उपस्थिति रहेको थियो । 

बैठकमा नेपाल र इटालीबीच आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएको थियो । भेटमा दुवै देशबीच द्विपक्षी व्यापार प्रवर्द्धन, व्यावसायिक सञ्जाल विस्तार तथा प्रमुख क्षेत्रहरूमा लगानी अभिवृद्धि गर्ने विषय रहेका थिए । दुवै देशबीच व्यापार र लगानी बढाउन इटालीले मद्दत गर्ने राजदूत बार्तोलीले बताए ।

नेपाल र इटालीबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै आपसी हितका लागि आफू सधैं तयार रहेको राजदूत बार्तोलीले बताए । 

सम्बन्धित खबर