२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

जिल्लास्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन २५ गते १५:१३
जिल्लास्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा जिल्लास्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ । यो प्रतियोगिता अपाङ्गता भएका विद्यार्थीहरूको शारीरिक र मानसिक क्षमता वृद्धिको उद्देश्यले आयोजना गरिएको हो ।

प्रतियोगिताको अध्यक्षता यमबहादुर खडिवालाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी उपस्थित थिइन् । कार्यक्रमको आयोजनामा छायाँ नेपालको आर्थिक सहयोग रहेको थियो ।

No description available.

प्रतियोगितामा रौतहट जिल्लाका चार विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए । सहभागी विद्यालयहरूमा परोहा नगरपालिकाको छायाँ अपाङ्गता आवासीय विद्यालय, श्री आशा काशी बहिरा तथा सुस्त श्रवण आवासीय आधारभूत विद्यालय राजदेवी नगरपालिका-४, बसतपुर, श्री आधारभूत विद्यालय बाल मन्दिर गौर नगरपालिका-५, र जनज्योति नमुना माध्यमिक विद्यालय चन्द्रनिगाहपुर थिए । यी विद्यालयका अपाङ्गता भएका विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा ब्याडमिन्टन, दौड, चम्चा दौड, रिले रेस, म्युजिक चेयर, लौङ जम्प र घैटो रेस जस्ता खेलहरू सञ्चालन गरिएको थियो । छायाँ नेपालले अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक र मानसिक क्षमतामा वृद्धि ल्याउनका लागि यस्ता खेलहरू आयोजना गरेको हो ।

प्रतियोगिता परिणामहरू :

महिला छात्रा (आधारभूत तर्फ)
प्रथम: समृधी चौधरी (जनज्योति)
दोस्रो: सहिना खातुन (बाल मन्दिर)
तृतीय: करिमा खातुन (राजदेवी)

महिला छात्रा (माध्यमिक तर्फ)
प्रथम: आरती यादव (राजदेवी)
दोस्रो: निरमाया यादव (जनज्योति)

पुरुष छात्र (आधारभूत तर्फ)
प्रथम: शेख सदरे आलम (बाल मन्दिर)
दोस्रो: अरमान हुसेन (राजदेवी)
तृतीय: रोहित साह (जनज्योति)

पुरुष छात्र (माध्यमिक तर्फ):
प्रथम: दिपक यादव (राजदेवी)
दोस्रो: राजिव ठाकुर (जनज्योति)

सो अवसरमा छायाँ नेपालका मधेस प्रदेश कन्सल्ट्यान्ट सजिना खडिवडा, प्रोग्राम हेड राम महर्जन, वरिष्ठ कार्यकारी सहायक प्रियंका ठाकुर, वडा अध्यक्ष बलिराम राउत लगायतका अन्य विशिष्ट अतिथिहरू उपस्थित थिए । साथै, बागमती म.वि.का रणबहादुर कार्की, जिवराज नेपाल, छायाँ अपाङ्गता आवासीय विद्यालयका जानकी घिमिरे, रिंन्कु कुमारी र अन्य विद्यालयका शिक्षक तथा शिक्षिकाहरू पनि कार्यक्रममा सहभागी थिए ।

प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमा भाग लिन प्रोत्साहित गर्दै उनीहरूको आत्मविश्वास र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्य पूरा गरेको आयोजक राजेश साहदर् बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise