२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

खेल क्षेत्रले देशलाई चिनाएको छ : मुख्यमन्त्री आचार्य

Nada
२०८१ फागुन २५ गते १२:१४
Shares
खेल क्षेत्रले देशलाई चिनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समय खेल क्षेत्रले देशलाई चिनाउन सफल भएको बताएका छन् । 

ncell

आजदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लमहीमा उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका आचार्यले देशको आर्थिक क्षेत्रलाई चलायमान गराउनका लागि यसले निकै महत्वपूर्ण भूमिका खेलेको हुँदा खेल क्षेत्रमा लगानी बढाउनका लागि आफू सकारात्मक रहेको बताए । 

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनका लागि यसपटक लुम्बिनी प्रदेशलाई प्राथमिकता दिएकोप्रति नेपाल क्रिकेट सङ्घलाई उनले धन्यवादसमेत व्यक्त गरे । प्रदेशमा भएका ठूला क्रिकेट प्रतियोगिताले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उनको भनाइ छ । 

कार्यक्रममा नेपाल क्रिकेट सङ्घका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले पूर्वाधार विकासमा सरकारको ध्यानाकर्षण गराउनकै लागि काठमाडौँ बाहिर खेलको आयोजना गरेको बताए । उनले लुम्बिनी प्रदेशका तीन ठाउँमा एकैपटक भएको खेलले भोलिका दिनमा यहाँको क्रिकेट क्षेत्रको अझ प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । 

आजदेखि सुरु भएको प्रतियोगिता लमहीमा रहेको देउखुरी अन्तरराष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रङ्गशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदान गरी प्रदेशका तीन ठाउँमा आजदेखि एकैपटक सञ्चालन भएको छ । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ । 

सम्बन्धित खबर