२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

प्रथम महिला कप एकायन कराते प्रतियोगिता सम्पन्न

shivam cement
मध्यान्ह
२०८१ फागुन २४ गते १९:०९
प्रथम महिला कप एकायन कराते प्रतियोगिता सम्पन्न

काठमाडौं : नेपाल एकायन कराते संघको आयोजनामा प्रथम महिला कप (वमेन्स कप) एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता बहुउद्देश्यीय मार्शल आर्ट केन्द्र, खुशीबुँ, काठमाडौंमा शनिबार भएको हो ।

उक्त प्रतियोगिताको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष रोजीना श्रेष्ठको प्रमख आतिथ्यता रहेको थियो । नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा विशिष्ट अतिथि महिला व्यवसायी लक्ष्मी शर्मा, नेपाल एकायन कराते संघका केन्द्री सल्लाहकारहरु शंकर महर्जन, रमेशमान मुनिकार, नेपाल एकायन कराते संघका सल्लाहकारहरु विरकृष्ण श्रेष्ठ, धर्मदेव महर्जन, निरोज कर्माचार्य, गोजुरियो कराते काठमाडौं जिल्ला अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक राजकुमार श्रेष्ठ, मेरिहोम मन्टेशवरी तिनथानाका प्रिन्सिपल सरिता खनाल, शिला दानी , समाजसेजी छिरिङ शेर्पा, महिला समाज सेवीहरु लक्ष्मी रत्न तुलाधर, ज्ञानी श्रेष्ठ, मिना मानन्धर, आशा शाक्य, अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्ष केदारेश्वर मान स्थापित, जापान गोजुरियो कराते डो संघका अध्यक्ष विदुर कुँवर समेतको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेपाल एकायन कराते संघका केन्द्रीय सल्लाहकार धर्मदेव महर्जनले स्वागत मन्तव्य राखेका थिए भने प्रतियोगिताको कार्यक्रम संचालन साउथ एसियन एकान कराते संघका उपाध्यक्ष शशी कपालीले गरेका थिए । प्रतियोगितामा विभिन्न विद्यालयका तथा प्रशिक्षण केन्द्रका ५० जना महिला खेलाडीहरुको सहभागिता रहेको थियो ।

यस प्रतियोगितामा जम्मा ७ वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए । तालिका अनुसार महिलातर्फ ३० केजी मुनि तौल समूहमा प्रार्थना बज्राचार्यले स्वर्ण, सन्जिता तामाङले कांस्य र समीक्षा तामाङले रजत पदक प्राप्त गर्न सफल भए भने ३५ केजी मुनि तौल समूहमा रेखा रोकायाले प्रथम, अन्जु राईले द्वितीय र सविना तामाङले तृतीय स्थान हासिल गरे ।

त्यसैगरी ४० केजी मुनि तौल समूहमा समृद्धि शाहीले स्वर्ण पदक, वर्षा वाइबाले कांस्य पदक र पलिष्ठा बज्राचार्यले रजत पदक प्राप्त गर्न सफल भए । त्यसैगरी ४५ केजी मुनि तौल समूहमा सम्झना तामाङले स्वर्ण पदक, विपना घिसिङले कांस्य पदक र सहाना भुजेलले रजत पदक प्राप्त गर्न सफल भए । ५० केजी मुनि तौल समूहमा अन्जना तामाङले स्वर्ण पदक, रेश्मिला राईले कांस्य पदक र युनिका लिम्बूले रजत पदक प्राप्त गर्न सफल भए भने ५५ केजी मुनि तौल समूहतर्फ सपना गोपाली र विविषा परियारले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरे भने पुजना तामाङले तृतीय स्थान हात पार्न सफल भए । यसैगरी खुला तौल समूहतर्फ विनिता थिङ र स्मारिका माझीले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरे भने अस्मिता तामाङले तृतीय स्थान हात पार्न सफल भए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथिलगायत अन्य विशिष्ट अतिथिहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरेका थिए । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरुलगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा निर्णयाधिशमा विष्णुमान शाक्य र भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ र रुपेश मगर तथा निर्णायकहरुमा राजेन्द्र तामाङ, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, हिमाल सागर, उर्मिला विश्वकर्मा, सुमन महर्जन, पृथ्वी खतिवडा, आशिष घिमिरे, श्रीराम राना, र अभिषेक तामाङ, मनिष राई, राजेश श्रेष्ठ, निर्जला श्रेष्ठ, समृद्ध तण्डुकार, उज्ज्वल विष्ट रहेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise