२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

कृष्णनगर नाइट क्रिकेट टुर्नामेन्ट चैत २३ देखि

shivam cement
शहबाज खान
२०८१ फागुन २३ गते २०:३४
कृष्णनगर नाइट क्रिकेट टुर्नामेन्ट चैत २३ देखि

कपिलवस्तु : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ जय नेपाल स्पोर्ट्स क्लब कृष्णानगर कपिलवस्तुले कृष्णनगर नाइट क्रिकेट टुर्नामेन्ट– सीजन २ आयोजना गर्ने भएको छ । प्रतियोगिता आउँदो चैत २३ गतेदेखि कृष्णनगरको रानी ग्राउण्ड, कृष्णनगर–२, कपिलवस्तुमा सुरु हुनेछ ।

प्रतियोगिताका लागि प्रवेश शुल्क ८ हजार ५०० रुपैयाँ तोकिएको छ भने नाम दर्ता खुला भइसकेको छ । प्रत्येक खेल १२ ओभरको हुने छ भने खेलाडीहरूले अनिवार्य रूपमा ट्र्याकसुट र जुत्ता लगाउनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाली टोलीहरू मात्र सहभागी हुन पाउनेछन् । २१ वर्ष उमेर समूहका खेलाडीले नागरिकता प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनुपर्ने र पहिलो खेलमै १५ खेलाडीको नाम र फोटो बुझाउनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधि विजेता टिमले १ लाख ३१ हजार रुपैयाँ तथा उपविजेता टिमले ६५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकको भनाइ छ । यस्तै म्यान अफ त म्याचले ५००, म्यान अफ द सिरिजले ८ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५ हजार तथा अनुशासित टिमले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा रजत प्रताप शाह (संरक्षक), कृष्ण कुमार गुप्ता, रितेश शर्मा, नसरुल्लाह खान, बैजनाथ अग्रहरी, अजीत सिंह, प्रतीक अग्रवाल, विनय शर्मा, देवेन्द्र कुँवर, शाहिद खान, प्रकाश गैरे, राहुल मोदनवाल, बृजेश गुप्तालगायत खेलप्रेमीहरूको सहभागिता रहनेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise