२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

प्रतिष्ठानका लागि जलेश्वरमा जग्गा

Nada
२०८१ फागुन २२ गते ०६:२०
Shares
प्रतिष्ठानका लागि जलेश्वरमा जग्गा

काठमाडौं : व्यावसायिक तालिममार्फत सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न कार्यक्रम संचालन गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले व्यावसायिक तालिमको पहुँच विस्तार गर्ने योजना अघि बढाएको बताएको छ । 

ncell

सोही क्रममा महोत्तरीको जलेश्वरमा प्रतिष्ठानका तालिम केन्द्रहरू विस्तार गर्न जग्गा प्राप्ति गरिएको प्रतिष्ठानले जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले श्रम बजारको मागअनुसार आवश्यकताअनुरूप प्रतिष्ठानका तालिम केन्द्रहरू विस्तार गरिने बताएको छ । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिष्ठानको जग्गा तथा भवन व्यवस्थापनका लागि नयाँ संरचनाहरू निर्माण गरिने भन्दै प्रतिष्ठानले हाल यस प्रतिष्ठान मातहत रहेका व्यावसायिक तालिम केन्द्रहरूको प्रभावकारिता अध्ययन गरी प्रदेशस्तरमा विस्तार गर्ने तयारी थालिएको बताएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखतीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिष्ठानलाई प्रभावकारी बनाउन रणनीतिक साझेदारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय बढाउने योजना बनाएको बताउँदै दक्ष जनशक्ति उत्पादनमा केन्द्रित गर्न प्रतिष्ठानलाई आधुनिक प्रविधिमैत्री बनाउने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर