२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसार्न आग्रह

Nada
२०८१ फागुन २० गते २०:१३
Shares
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसार्न आग्रह

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको मंगलबार काठमाडौंमा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले पटक–पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्योलता बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न खेलकुद परिषद्लाई आग्रह गरेका हुन् ।

ncell

राष्ट्रिय खेलकुद परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ ३ देखि १० गतेसम्मको मिति तय गरेको छ । पटक–पटक मिति सरेपछि मंगलबारको बैठकमा मुख्यमन्त्री कँडेलले जेठभन्दा पर जान नसकिने धारणा राखेका हुन् । ‘अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन,’ उनले भने, ‘तर त्यो भन्दा पर जान सक्ने स्थिति छैन । विश्वासिलो बन्ने परिस्थिति म देख्छु ।’

प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रंगशालालगायतका कामहरूलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडि बढाइरहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।

उनले भने, ‘यो प्रतियोगिताको मुख्य आयोजक संघीय सरकार भएकाले तपाईंहरूले ढंग पुर्‍याउनुहोला, हामी सह–आयोजक भएको नाताले हामीलाई तोकिएको जिम्मेवारी हामीले पूरा गर्छौं ।’ प्रतियोगिताको लागि निर्देशिका बनाउने कुरामा पनि मुख्यमन्त्री कँडेलले खेलकुद मन्त्रालयले समन्वय नगरेको बताए ।

ताजा खबर

सम्बन्धित खबर