२०८२ कार्तिक ४ गते मङ्गलवार / Oct 21 , 2025 , Tuesday
२०८२ कार्तिक ४ गते मङ्गलवार
Ads

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनको भेट

shivam cement
मध्यान्ह
२०८१ फागुन १९ गते १२:०९
प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन् ।

भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी थिए ।

यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रंगशालामा समापन हुँदैछ ।

ADV

सम्बन्धित खबर

Advertise