२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

महिन्द्रा केयर फेस्ट सुरु

Nada
२०८१ फागुन १८ गते २१:२६
Shares
महिन्द्रा केयर फेस्ट सुरु

काठमाडौं : महिन्द्रा फोरह्वीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसले आयोजना गरेको महिन्द्रा केयर फेस्ट आइतबारदेखि सुरु भएको छ । कार्यक्रमको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्र्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा,  उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश) चैतन्य कगलकार लगायतले गरेसँगै फेस्ट सुरु भएको हो ।

ncell

यस फेस्टमा पोईन्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री वाशिंग, फ्री हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशत सम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरू पाउन सकिनेछ । महिन्द्राका ग्राहकले नेपालभरी रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । 

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरूमा झैँ ग्राहकहरूको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ । फेस्ट फागुन २३ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर