२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नेपालगञ्जमा २९ जनाले गरे रक्तदान

Nada
पवन जायसवाल
२०८१ असार १६ गते १३:१३
Shares
नेपालगञ्जमा २९ जनाले गरे रक्तदान

बाँके : नेपाल रेडक्रस सोसाइटी मनिकापुर उप–शाखा र टिम डिएड्जको संयुक्त आयोजनामा शनिबार आयोजित रक्तदान कार्यक्रममा १४ जना महलिासहित २९ जनाले रक्तदान गरेका छन् ।

ncell

'रक्तदान जीवनदान' भन्ने मूल उद्देश्यका साथ नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १९ बसुदेवपुरको भैयापुरमा आयोजित रक्तदान कार्यक्रममा बीरबहादुर राना, सिरता खडका, पुष्पा खडका, आशा सार्की, टिम डिएड्जका अध्यक्ष दिनेश थापामगर, तुलसी शाहीलगायत २९ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका सोम प्रकाश सापकोटा, राजेन्द्र महतरा, होमराज गिरी, सन्दिप आचार्य, शिवराज शाही, वीरेन्द्र योगीलयागतले प्राविधिक सहयोग गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडत्रस सोसाइटी मनिकापुर उप–शाखा सभापति नमराज सापकोटा, उप–सभापति भविसरा बोहरा, कोषाध्यक्ष डिल्लीराज रेग्मी, सदस्य रञ्जना केसीलगायत कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर