२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

Nada
२०८१ फागुन १३ गते १६:१३
Shares
नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव १३ अंकले बढेर दुई हजार सात सय ६५ दशमलव ८८ को विन्दुमा कायम भएको हो ।

ncell

आज तीन सय १२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता शेयर ९७ हजार पाँच सय ६२ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ९० करोड ९३ लाख ८६ हजार दुई सय २७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ०५, लगानी शून्य दशमलव ७७, जीवन बीमा शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०५ र अन्य समूह दुई दशमलव ९० प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । 

विकास बैंक शून्य दशमलव १२, वित्त शून्य दशमलव ७१, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २८ र व्यापार समूह दुई दशमलव ५१ प्रतिशतले घटेको हो ।

गार्डियन माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू एक अर्ब दुई करोड ६२ लाख ७३ हजार बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १० लाख ३१ हजार दुई सय ८८ कित्ता किनबेच भएको छ ।

ताजा खबर

सम्बन्धित खबर