२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

Nada
२०८१ फागुन १३ गते १२:५५
Shares
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जाः यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

ncell

नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।

आर्थिक अभावकै कारण आधारभूत स्वास्थ्य सुविधा पाउनबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले स्वास्थ्य बीमा गरिदिएको नगर प्रमुख देवबहादुर खाँडले बताए । उनले भने, ‘नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा अभियानमा आवद्ध बनाइ स्वास्थ्य सेवालाई अति विपन्न वर्गको पहुँचसम्म पु(याउन निःशुल्क स्वास्थ्य बीमा गरिदिएका हौँ ।’

नगरपालिकाले चालू आर्थिक वर्षमा अति विपन्न समुदायको स्वास्थ्य बीमा गर्न रु २५ लाख ६० हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटबाट पहिलो चरणमा छ सय परिवारको बीमा गरिएको र दोस्रो चरणमा अपाङ्गता भएका र अन्य विपन्न गरी एक सय २५ जनाको बीमा गरिदिने नगरपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा सात सय २५ जनाको स्वास्थ्य बीमा गर्न बजेट विनियोजन गरेकामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि थप बजेट व्यवस्थानको तयारी गरिरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले स्वास्थ्य बीमा बनाइदिएका नागरिकलाई बीमा कार्ड वितरण गरेको छ । स्वास्थ्य बीमा कार्ड बनाइदिएसँगै पाँच जनाको परिवारलाई रु एक लाखसम्मको स्वास्थ्य उपचार सेवा निःशुल्क प्राप्त हुने भएको छ ।

ताजा खबर

सम्बन्धित खबर