२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कोशी प्रदेश खेलकुद महोत्सव फागुन १३ देखि

Nada
२०८१ फागुन ११ गते २१:१२
Shares
कोशी प्रदेश खेलकुद महोत्सव फागुन १३ देखि

विराटनगर : कोशी प्रदेश खेलकुद महोत्सव फागुन १३ देखि सुरु हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन १३ गतेदेखि १८ गतेसम्म हुने महोत्सवमा ११ वटा खेलहरु मोरङ र झापा जिल्लामा सञ्चालन गरिने भएको हो । 

ncell

आइतबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका सामाजिक विकासमन्त्री एवं बोर्डका अध्यक्ष पाँचकर्ण राईले कर्णाली प्रदेशमा आगामी चैत २३ गतेदेखि हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा अत्याधिक पदक जित्नुका साथै अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताए । उनले खेललाई राजनीतिबाट मुक्त राखि खेलको माध्यमबाट खेलाडीहरुले आयआर्जन गर्न महोत्सव सहयोगी सिद्ध हुने विश्वाससमेत व्यक्त गरे ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले १४ जिल्लाका खेलाडी समावेश हुने महोत्सवले प्रदेशमा रहेको खेलको शून्यतालाई अन्त्य गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे । उनले प्रदेशमा खेलको प्रवद्र्धन र पहिचान कायम राख्न महोत्सव उपयोगी हुने बताए ।

प्रतियोगितामा महिला फुटबल, एथलेटिक्स,कबड्डी, बाघचाल, (भेट्रान्स पुरुष), टेवलटेनिस (महिला तथा पुरुष), कराँते प्रतियोगिता (महिला तथा पुरुष), तेक्वान्दो प्रतियोगिता(महिला तथा पुरुष), सफ्ट टेनिस प्रतियोगिता (महिला तथा पुरुष) मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिवल, डोरीतान प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता रहेका छन् ।

महोत्सवको उद्घाटन फागुन १३ गते विराटनगरको शहीद रङशालामा हुने छ भने समापन फागुन १८ गते सोही स्थानमा हुने बोर्डद्वारा वितरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ७८ लाख ७७ हजार ५३ खर्च हुने अनुमान गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर