२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापनाः बाल क्यान्सर उपचार सुदृढ गर्न नयाँ पहल

Nada
२०८१ फागुन ५ गते २०:३५
Shares
नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापनाः बाल क्यान्सर उपचार सुदृढ गर्न नयाँ पहल

काठमाडौं : नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको उद्घाटनसँगै नेपालमा चाइल्डहुड क्यान्सर उपचार सुधार गर्ने प्रयासमा एउटा महत्वपूर्ण उपलब्धि हासिल भएकोे छ । एलायन्सले स्टेकक होल्डरहरुलाई एकताबद्ध गर्ने, उपचार पहुँच सुधार गर्ने र देशभरि क्यान्सरसँग संघर्ष गरिरहेका बालबालिकाको सहयोग सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको जनाएको छ । 

ncell

यो एलायन्सले रमेश गुप्ता मेमोरियल ट्रस्ट, लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेशन, टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर र वल्र्ड चाइल्ड क्यान्सर यूकेलाई एकत्रित गर्दै बाल क्यान्सरको उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग, तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउन कार्य गर्नेछ ।

एलायन्सको उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. हरि प्रसाद मैनाली विभिन्न अस्पतालका बालरोग विशेषज्ञ चिकित्सकहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको सहभागिता रहेको थियो । 

एलायन्सको मुख्य उद्देश्य उपचार बाहेकका आवश्यक सहयोगहरू प्रदान गर्नु, जस्तै प्रारम्भिक पहिचान, आर्थिक तथा मानसिक सहयोग, र उपचारपछिको पुनःस्थापना कार्यक्रमहरू सुनिश्चित गर्नु हो । कार्यक्रमको एक विशेष प्यानल छलफलमा डा. विश्वनाथ अधिकारी (कान्ति बाल अस्पताल), डा.ऋतु लामिछाने (भक्तपुर क्यान्सर अस्पताल), डा. सुचरिता तुलाधर (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. कृष्ण सागर शर्मा (वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल) र डा.सानी सिपाइ (कान्ति बाल अस्पताल) सहभागी थिए । 

छलफल डा. विश्वनाथ अधिकारी को संयोजनमा रमेश गुप्ता मेमोरियल ट्रष्टकाका निर्देशक सञ्जय अग्रवालद्धारा अध्यक्षता गरिएको थियो भने विश्व स्वास्थ्य संगठन नेपालका डा. सुमन पन्थी सह–अध्यक्ष थिए ।

कार्यक्रममा एलायन्स नेपालका कार्यक्रम संयोजक, सम्राट रायमाझीले एलायन्सको उद्देश्यबारे जोड दिँदै भने, ‘यो पहल केवल उपचारमा सीमित छैन । बाल क्यान्सरको विरुद्ध लडिरहेका परिवारहरूलाई समग्र रूपमा सहयोग गर्नु आवश्यक छ, र यही लक्ष्यसहित अघि बढ्दैछ ।’

ताजा खबर

सम्बन्धित खबर