२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

Nada
२०८१ फागुन ५ गते ११:३८
Shares
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

ताप्लेजुङः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो ।

ncell

गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजङ्घा महोत्सव–२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिनेछ । 

कञ्चनजङ्गा आधार शिविर क्षेत्रमा समुद्र सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ । म्याराथन प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेलाई दुई लाख आठ हजार पाँच सय ८६, दोस्रो हुनेलाई एक लाख आठ हजार पाँच सय ८६ तथा तेस्रो हुनेलाई रु ८५ हजार पाँच सय ८६ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।  

कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ, दुण्डु डाँडा, ढाउँ चौक, भेडी चोक हुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ ।  

गाउँपालिकाले प्रतियोगितासँगै माउण्टेन साइकलिङ कार्यक्रम आयोजना गरिने जनाएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्गको अनुगमन गर्न सकिने आयोजकको अपेक्षा रहेको छ । रासस

ताजा खबर

सम्बन्धित खबर