२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्छ : सांसद मदनकुमारी 

Nada
२०८१ फागुन ४ गते १७:४२
Shares
जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्छ : सांसद मदनकुमारी 

काठमाडौँ : सांसद मदनकुमारी शाह (गरिमा) ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएकी छिन् । 

ncell

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा उनले बैतडीको सिगास गाउँपालिका-१ आङडेगाडाका प्रकाश दमाईंकी आमा माना दमाईंको निधन हुँदा जातीय कारणले मलामी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, “सामाजिक न्याय र मानव अधिकार हराउँदै गएको छ, शिक्षक प्रकाश दमाईंकी आमाको शब्दले दमाईं भएकै कारण मलामी पाएको छैन, यो घटना सभ्य समाजका लागि कंलक हो, जातीय विभेदको योभन्दा निकृष्ट उदाहरण अरु हुन सक्दैन ।” 

सांसद भुवन सुनारले भने, “खरका छाना विस्थापन गर्न छ वर्षमा रु. छ अर्ब भन्दा बढी खर्च भइसकेको छ, तर ७७ हजार  खरका छाना मात्र भएका छन्, चालु आर्थिक वर्षमा रु. ४० करोड विनियोजन भएको  सुनिएको छ, यो ४० करोड कार्यान्वयनका सवालमा लापरबाही भएको छ, यस बारेमा सरकारले बैठकमा प्रस्ट पार्नुपर्छ ।” सरकारले खरका छाना मात्र परिवर्तन गर्नेभन्दा पनि भूकम्पका कारण जीर्ण बनेका पुराना घर भत्किएर नयाँ घर निर्माण गरिदिनुपर्ने उनको भनाइ छ । 

यस्तै सांसद युवराज शर्माले देशका विभिन्न अस्पतालमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको भन्दै ती अस्पतालमा दरबन्दीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद सुरेशकुमार आले मगरले म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका-१ मा सडक विस्तार नहुँदा  त्यहाँका जनताले दुःख पाएको गुनासो गरे ।
 

ताजा खबर

सम्बन्धित खबर