२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

घाम ताप्ने क्रममा छतबाट खसेर पुरूषको मृत्यु

Nada
२०८१ फागुन ४ गते १३:००
Shares
घाम ताप्ने क्रममा छतबाट खसेर पुरूषको मृत्यु

काठमाडौंः घरको छतबाट खसेर एक जना पुरूषको मृत्यु भएको छ।

ncell

काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ हाइभिजनस्थित साढे दुई तले घरमाथिबाट खसेर दोलखा शैलुङ गाउँपालिका–३ घर भएका ५२ वर्षीय होमबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

छतमा घाम ताप्ने क्रममा दुई तला माथिबाट खसेका श्रेष्ठ रेलिङमा अल्झिएर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा सतुङगलस्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हाे । 

ताजा खबर

सम्बन्धित खबर