२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

अर्थमन्त्री र मेयरलाई काठमाडौं रिफर, कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुने

Nada
२०८१ फागुन ३ गते १५:०८
Shares
अर्थमन्त्री र मेयरलाई काठमाडौं रिफर, कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुने

काठमाडौंः पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यलाई काठमाडौं ल्याइएको छ ।

ncell

उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा पटका पड्काउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको गालामा चोट लागेको छ ।

अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको सचिवालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर