२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने

Nada
सुमन महतरा
२०८१ असार १२ गते २१:३९
Shares
इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने

गुल्मी : गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने भएको छ । इस्मा गाउँपालिका वडा नम्बर ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने भएसँगै सबै विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउने भएका छन् । 

ncell

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समेटेर सोही बमोजिम बजेट व्यवस्थापन गरी जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिरिदिने इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले जानकारी दिइन् । शिक्षालयमा तीन वर्षे सर्वेक्षक अध्ययन÷अध्यापन हुने तर विद्यार्थीको खर्च बढी लाग्ने हुँदा प्राविधिक शिक्षा लिने इच्छा भएपनि बञ्चित हुनुपर्ने बाध्यता अन्त्यमा लागि आफूले आगामी आर्थिक वर्षका लागि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरेको उपाध्यक्ष कुँवरले बताइन् । उनले यसरी निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढ्ने र गाउँमै निःशुल्क तथा गुणस्तरीय प्राविधिक शिक्षाको सुनिश्चितता हुने बताएकी छिन् । 

गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले प्राविधिक शिक्षामा देखिएको धनी र गरिब बीचको विभेद अन्त्यमा लागि जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा लाग्ने सबै शुल्क गाउँपालिकाले तिर्ने निर्णय गरेको बताएका छन् । 

प्राविधिक शिक्षा महंगो भएकोले यसमा धनीको मात्र पहुँच छ, गरिबले पढ्न सक्दैनन् भन्ने बुझाइ रहँदै आएकोमा सबैको समान पहुँच, प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षक, निःशुल्क प्राविधिक शिक्षा र गाउँमै गुणस्तरीय प्राविधिक शिक्षा लिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नका लागि आफूहरूले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा पहिलोपटक निःशुल्क शिक्षा प्रदान गर्ने गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए । हाल  जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा तीन वर्षे सर्वेक्षक अध्ययन/अध्यापन हुँदै आएको छ । जसको लागि प्रति विद्यार्थी एक लाख बढी रुपैयाँ खर्च हुने गर्दथ्यो ।

ताजा खबर

सम्बन्धित खबर