२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सर्लाहीमा अनुदानको मलमा कालोबजारी

Nada
लक्ष्मण यादव
२०८१ असार १२ गते २०:३१
Shares
सर्लाहीमा अनुदानको मलमा कालोबजारी

सर्लाही : सर्लाहीमा अनुदानको मलमा कालोबजारी बढेको छ । स्थानीय तहले अनुगमन नगर्दा कालोबजारी बढेको हो । अहिले वर्षायाममा किसानले उखु बालीमा युरिया मल छर्ने बेला भएकोले मलको अभाव बताउँदै डिलरवालाहरुले मनपरी स्थानीय तहले तोकेको रेटभन्दा बढी रुपैयाँ उपभोक्ता किसानहरुबाट असुल्ने गरेका छन् ।

ncell

सर्लाहीको बरहथवा नगरपालिकाले युरिया प्रतिबोरा ११ सयमा बिक्रीवितरण गर्ने भनि रेट तोकेको छ । त्यस्तै बसबरिया गाउँपालिकाले प्रतिबोरा १ हजार ५० रुपैयाँ रेट तोकेको छ, तर, यहाँस्थित डिलरवालाहरुले मनपरी युरिया प्रतिबोरा १२ सय रुपैयाँको दरले बिक्री वितरण गरेको पाइएको छ । त्यसैगरी मल बिक्री वितरण गर्ने अनुमतिसमेत नपाएको पसलेले पनि मल ल्याएर बढी मूल्यमा बिक्री गरेको भेटिएको छ ।

स्थानीय तहले तोकेको मूल्य भन्दा बढीमा किन मल बेच्नुहुन्छ ?, भनेर प्रश्न गर्दा जवाफमा डिलरवालाहरु भन्छन्, ‘मेरो डिलर साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको हो  कृषि सामग्री कम्पनी लिमिटेडको मल मैले बाहिरबाट मगाएको छु ।  त्यसैले बढी रेटमा बेचेको छु ।’

बरहथवा नगरपालिकाका नगर उपप्रमुख रामबाबु प्रसाद साह र बसबरिया गाउँपालिका अध्यक्ष रामसिंहासन रायले स्थानीय तहले निर्धारण गरेको रेटभन्दा बढीमा किनेको मलको विल लिएर आउँदा त्यस्ता डिलरलाई कारबाही गर्ने बताएका छन् । तर, डिलरवालाहरुले बढी रेटमा बेचेको मलको विल किसानलाई नदिने गरेको किसानहरु बताउँछन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले त्यस्तालाई स्थानीय तहले अनुगमन गर्नुपर्ने बताउँदै यसमा पनि ध्यान दिने बताए ।

सम्बन्धित खबर