२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

गजल

Nada
२०८१ माघ १२ गते ०६:१०
Shares
गजल

–शैलेन्द्र थापा

ncell

पुर्खाको त्यो वीँडो थाम्ने मान्छे भेटिन
सामु पर्दा दुश्मन काम्ने मान्छे भेटिन ।।

अचम्म छ फटाहा को रजाइँ देशमा
उसैलाई सकोस् डाम्ने मान्छे भेटिन ।।

साम्राज्यका मालिक बरै भागे डरले
भागोस् दास परे साम्ने मान्छे भेटिन ।।

चिनेको छ ढुकुटी त्यो लुट्ने लुटेरा
झारी तल हड्डी छाम्ने मान्छे भेटिन ।।

जति भयो नोक्सानीको अब रोकेरै
गर्नसक्ने भर्पाइ खाम्ने मान्छे भेटिन ।।

सम्बन्धित खबर