२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पुराना व्यवसायी शर्माको निधन

Nada
२०८१ माघ ११ गते १४:१२
Shares
पुराना व्यवसायी शर्माको निधन

काठमाडौं : पुराना वैदेशिक राेजगार व्यवसायी मोभिरा ओभरसिज सर्भिस प्रा.लि. का संचालक मोहनाथ शर्माकाे निधन भएको छ । नेपाल वैदेशिक राेजगार व्यवसायी संघका पूर्वकार्यसमिति सदस्य, सल्लाहकार एवं धौलाश्री समाजका पूर्वअध्यक्ष शर्माको ७९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हाे ।

ncell

स्व. शर्माको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्व. शर्माका ४ छाेरा रहेका छन् ।

संघका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल लाेकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशाेसिएसनका अध्यक्ष  दीपक थापा, प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, वैदेशिक राेजगार व्यवसायी गणतान्त्रिक मञ्चलगायत व्यवसायीहरूले शर्माको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित खबर