२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

विपन्न एवं दलित बालबालिकालाई स्कुल ब्याग

Nada
२०८१ माघ ८ गते २१:०४
Shares
विपन्न एवं दलित बालबालिकालाई स्कुल ब्याग

सर्लाही : नेपाली कांग्रेसकी युवा नेतृ एवं मधेश प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले विपन्न, दलित समुदायका बालबालिकालाई स्कुल ब्याग वितरण गरेकी छिन् ।

ncell

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ किसनपुर गाउँका दलित, विपन्न समुदायमा स्वयं उपस्थित भइ महिला नेतृ थापाले एक सय बालबालिकालाई स्कुल ब्याग वितरण गरेकी हुन् ।

मधेश प्रदेश स्वास्थ्य विभाग प्रमुख समेत रहेकी महिला नेतृ थापाले आफ्नो निजी खर्चमा स्कुल ब्याग वितरण गरेकी हुन् । 

चिसोको मौसममा तथा आर्थिक अभावमा बालबालिकाहरुलाई विद्यालय जाँदा पाठ्यपुस्तक राख्न ब्यागको अभाव रहेको हुँदा स्कुले बालबालिकालाई ब्याग वितरण गर्न पाउँदा निकै खुशी लागेको उनले बताइन् । 

ब्याग वितरण कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, नेपाली कांग्रेसका नेताहरू श्याम सिंह, अनिल कर्ण,  तेजनारायण चौधरी, वडा नं.१ का वडा सभापति इशा मंसुर, वडा नं २ का वडा सभापति मक्सुद आलमसहित सातै वडाका सभापतिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर