२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

भोलिदेखि उपत्यकाका यी स्थानमा बत्ती काटिने

Nada
२०८१ माघ ८ गते १६:३१
Shares
भोलिदेखि उपत्यकाका यी स्थानमा बत्ती काटिने

काठमाडौं : काठमाडौं उपत्यकाका केही स्थानमा बुधबारदेखि दैनिक ५ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् अवरुद्ध १० दिनसम्म रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

ncell

प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् अवरुद्ध गर्नु परेको जनाएको छ ।

प्राधिकरणका अनुसार माघ ९ गतेदेखि १८ गतेसम्म विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

माघ ९ गते कलंकी फिडर (कुलेश्वर)अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

माघ १० गते कोटेश्वर फिडर (बानेश्वर)अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्र, माघ ११ गते च्यासल, लुभू फिडर (लगनखेल) र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

यस्तै, माघ १२ गते बलम्बु फिडर अन्तर्गत बलम्बु क्षेत्र, माघ १३ गते रोपवे फिडर (कीर्तिपुर)अन्तर्गत त्रिभुवन विश्वविद्यालय वरिपरिका क्षेत्र, माघ १४ गते इमाडोल–१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

माघ १५ गते गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्र, माघ १६ गते मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र र माघ १७ गते शंखमुल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा आपूर्ति बन्द हुनेछ ।0


यस्तै माघ १८ गते केएससी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर)अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।

सम्बन्धित खबर