२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

स्व. गंगादेवी पोखरेलको आठौं वार्षिक पुण्यतिथिमा श्रद्धाञ्जली सभा

Nada
२०८१ माघ ४ गते २१:४९
Shares
स्व. गंगादेवी पोखरेलको आठौं वार्षिक पुण्यतिथिमा श्रद्धाञ्जली सभा

काठमाडौं/मस– ओम शान्ति अभियन्ता दिलप्रसाद पोखरेलकी आमा गंगादेवी पोखरेलको आठौं वार्षिक पुण्यतिथिको अवसरमा धापासीस्थित पोखरेल निवासमा शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । ब्रह्मकुमारी ऐश्वर्य विश्वविद्यालयमा ५२ वर्ष सेवा गरेकी पोखरेलको ८ वर्षअघि माघ ४ गते निधन भएको थियो । हरेक वर्ष माघ ४ गते पोखरेलको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गर्ने गरिएको छ ।

ncell

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जली सभामा बह्मकुमारी राज योग सेवा केन्द्र नेपालकी निर्देशक राज दादीमाको अध्यक्षता रहेको थियो ।

उक्त अवसरमा स्व. पोखरेलको  तस्बिरमा माल्यार्पण गरी, प्रवचनमार्फत धार्मिक तथा सामाजिक कार्यहरूको उच्च मूल्याङ्कन गर्दै सम्झना गरियो। सो अवसरमा शिव झन्डोत्तोलन र योग ध्यान कक्षको उद्घाटनसमेत गरिएको थियो ।

श्रद्धाञ्जली सभामा पूर्वमन्त्रीहरु डा. प्रकाशशरण महत, शशी श्रेष्ठ, भानुभक्त ढकाल, किसान श्रेष्ठ, माओवादी नेता लीलामणि पोखरेल, झक्कु सुवेदी, महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महत, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता देवकोटा, भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठक, पं. दीनबन्धु पोखरेल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्व अध्यक्ष प्रेमबहादुर कटुवाल, महासचिव मेघनाथ भुर्तेल फोर्चुना हेल्थकेयरका प्रवन्ध निर्देशक ईश्वर जिसी, वरिष्ठ उद्योगपति अम्बिका प्रसाद पौडेल, मध्यान्ह दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठ, सम्पादक मदनकुमार श्रेष्ठ, अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी, कान्तिपुर दैनिकका वरिष्ठ सहसम्पादक घनश्याम खड्कालगायतको उपस्थिति थियो ।

सभामा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष दाहालले ब्रह्मकुमारी राज योग सेवा केन्द्र धार्मिक मात्र नभइ सामाजिक सेवा केन्द्र पनि रहेको बताए ।

सभामा ब्रह्मकुमारी ऐश्वर्य विश्वविद्यालयका शंखमुलदेखि थानकोटसम्मका बहिनीहरुले अतिथिहरुको स्वागत गरेका थिए ।

सम्बन्धित खबर