२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने यादवविरुद्ध विशेषमा मुद्दा दायर

Nada
२०८१ माघ ४ गते १६:२६
Shares
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने यादवविरुद्ध विशेषमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा सुविधा लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

ncell

आयोगले जारी गरेको विज्ञप्तिका अनुसार यादवले भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड अन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कूल, अशोक विहार, नयाँ दिल्लीबाट जारी झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत दुई अलग संस्थामा नियुक्ति पाएका थिए ।

यादवले नक्कली प्रमाणपत्रको आधारमा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाईड साइन्सेजमा मुख्य सहायक (कम्प्युटर) पदमा अस्थायी नियुक्ति र पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट, विराटनगरमा स्थायी नियुक्ति लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

यस आधारमा यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार कैद र जरिवाना मागसहित आरोपपत्र दायर गरिएको हो ।
 

सम्बन्धित खबर