२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पानी उद्योग वाणिज्य महासंघको साधारण सभा हेटौंडामा हुने

Nada
२०८१ पुष २७ गते २०:३५
Shares
पानी उद्योग वाणिज्य महासंघको साधारण सभा हेटौंडामा हुने

काठमाडौं : नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा आउँदो माघ महिनाको १७ गते हेटौंडामा हुने भएको छ । देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरी बजारमा पठाउने उद्योगहरुको छाता संस्थाको गठन गर्न पुस २६ र २७ गते काठमाडौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते प्रारम्भिक साधारण सभा राख्ने निर्णय गरेको हो ।

ncell

भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ । उक्त समितिको पूर्ण बैठकले सो प्रारम्भिक साधारण सभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा देशैभरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागी रहने संयोजक बिक्रम लिम्बुचेमजोङले बताए । 

त्यसैगरी समितिका सदस्यहरुमा गोकर्ण सिलवाल, गंगाप्रसाद अगंजा, गोकुल थापा, रविन्द्र मोहन अधिकारी, लिला भण्डारी, मिना दाहाल, भिमसेन खतिवडा, भरत बुढाथोकी, रुपचन्द्र थापा, रोशा  श्रेष्ठ, राष्ट्रमान श्रेष्ठ, कैलाश भट्ट, दिपक श्रेष्ठ, ध्रुब अधिकारी, बिक्रम मण्डल, रुपचन्द्र नौलाखा, ध्रुबबहादुर गौतम, अमराज लामा रहेका छन् । उक्त समितिको बैठकले भरत लकाई र देव नारायण चौलागाई रहेको दुई सदस्यीय कानुनी सल्लाहाकार समिति समेत गठन गरेको छ ।

सम्बन्धित खबर