२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

आरविवि सेक्युरिटीजको साधारण सभा सम्पन्न

Nada
२०८१ पुष २६ गते २१:१९
Shares
आरविवि सेक्युरिटीजको साधारण सभा सम्पन्न

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

ncell

सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीको अध्यक्षतामा शुक्रबार साधारणसभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष ०८०/०८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ । 

साधारण सभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले सहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोच अनुरूप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र ग्रामीण क्षेत्रमा रहेका जनताहरूले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने  बताए ।

आरविवि सेक्युरिटीज कम्पनीका प्रमुख कार्यकारी अधिकृत वेनी श्रेष्ठले हाल २० करोड चुक्तापुँजी रहेको कम्पनीले धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) असार २६ गतेबाट सुरु गरेको बताए । 

नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको आरविवि सेक्युरिटीज कम्पनीले ब्रोकर, मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरू प्रदान गरिरहेको छ ।

सम्बन्धित खबर