२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

धनुषाका पत्रकारलाई साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण

Nada
२०८१ पुष २४ गते २२:२५
Shares
धनुषाका पत्रकारलाई साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण

जनकपुरधाम : धनुषाका क्रियाशिल पत्रकारहरु अब च्याट जीपीटीको सहयोग लिएर समाचार लेख्ने क्षमताको विकास गर्न सफल भएका छन् । उनीहरुले आउने दिनमा च्याट जीपीटीको सहाराबाट ठूलठूला समाचार लेख्न सक्नेछन् । 

ncell

आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा धनुषाका पत्रकारहरूका लागि साइबर सुरक्षा र आर्टीफिसियल एण्टेलिजेन्स (एआइ) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भरिएको छ । यस कार्यक्रमले पत्रकारहरूलाई साइबर सुरक्षाका महत्वपूर्ण पक्ष र एआइ प्रविधिको सकारात्मक र नकारात्मक प्रभावबारे जानकारी प्रदान गरिएको छ । ग्रामीण प्रशिक्षण केन्द्र मुजेलियास्थित सभाकक्षमा आयोजित अभिमुखी कार्यक्रममा पत्रकारिता र प्रविधिका कुराहरु साइबर सुरक्षा विशेषज्ञ जीवन भण्डारी र प्रकाश मैनालीले जानकारी दिए । 

उनीहरुले साइबर सुरक्षा र एआइको क्षेत्रमा भएका नवीनतम विकासहरू र तिनका पत्रकारितामा देखिएका प्रभावहरुबारेमा जानकारी गराएक थिए । 

मधेश प्रदेशको गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले समाजका सचेत नागरिकहरुमध्ये संचारकर्मीहरुलाई आधुनिक प्रविधिको ज्ञान हासिल गर्नको लागि यो कार्यक्रम भइरहेको बताए । 

आफ्नो कर्तव्य पालना आफैबाट गर्दै बढेमा समाजमा रहेका विकृति,विसंगती समाप्त भएपछि लोकतन्त्र गणतन्त्रको स्थायित्व हुने उनले बताए । 

मधेश प्रदेशको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रामअशिष यादव, रत्नेश्वर गोइत, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, गृह संचार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, महासंघ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झा, महासंघ धनुषाका अध्यक्ष पुरन साह,उपाध्यक्ष अवधेश कामत लगायतले मन्तव्य राखेका थिए । 
 

ताजा खबर

सम्बन्धित खबर