२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

चिसो बढेपछि विद्यालय बन्द

Nada
२०८१ पुष २३ गते १६:४१
Shares
चिसो बढेपछि विद्यालय बन्द

वीरगंज : चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा जाडो बिदा दिएको छ । शीतलहरसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा बुधवारदेखि ३ दिनका लागि जाडो बिदा दिएको हो ।

ncell

महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले मंगलबार जारी गरेको सूचनामा वर्षे बिदामा कट्टा हुने गरी २४ पुस बुधबारदेखि २६ पुस शुक्रबारसम्म वीरगन्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिइएको उल्लेख छ ।

तराईका जिल्लामा एक साता यता चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ । हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ ।

महानगरपालिकासहित १२ वटा पालिकाहरूले विद्यालयहरूमा जाडो बिदा दिएका छन् । जिराभवानी र ठोरी गाउँपालिकाले भने अहिलेसम्म जाडो बिदा दिएका छैनन् ।
 

ताजा खबर

सम्बन्धित खबर