२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

देउराली यातायात प्रा.लि.को अध्यक्षमा गोबिन्द बन्जाडे 

Nada
सरु भुसाल
२०८१ असार ९ गते २२:१७
Shares
देउराली यातायात प्रा.लि.को अध्यक्षमा गोबिन्द बन्जाडे 

सन्धिखर्क : देउराली यातायात व्यवसायी प्रा.लि. अर्घाखाँचीको अधिवेशन  नयाँ नेतृत्व चयन गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ । अर्घाखाँचीमा जिल्लाको सबैभन्दा ठूलो यातायात संस्था देउराली यातायात प्रा.लि.मा दलहरुकाबीच व्यापक छलफलपछि नेतृत्व चयन गर्न नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा निकटका व्यवसायीहरुबीच सहमति भएपछि नयाँ नेतृत्व चयन भएको हो । 

ncell

सन्धिखर्कमा सम्पन्न भएको दोस्रो अधिवेशनले गोविन्द प्रसाद बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय कार्य नयाँ सञ्चालक  समितिको निर्विरोध रुपमा सर्वसम्मत चयन गरेको हो ।  समितिको  सदस्यहरुमा अशोक भुसाल, प्रेम प्रकाश पाण्डे, गंगा घिमिरे, प्रकाश पिसी, बलराम भुसाल, कृष्ण प्रसाद बन्जाडे, मोहन ब्रिकम जिसी, देवीराम बेल्वासे, बामदेव गैरे, सुदीप रायमाझी, महेन्द्र बन्जाडे, प्रकाश पौडेल, नारायण श्रेष्ठ र रमेश श्रेष्ठ रहेको निर्वाचन समितिका सदस्य शोभाखर पन्थीले जानकारी दिए ।

नव निर्वाचित समितिका अध्यक्ष तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको समितिका सदस्य कृष्णप्रसाद खनाले बताए ।  कार्यक्रममा निर्वाचन समितिका संयोजक कुलचन्द्र खनाल, सदस्य कृष्ण प्रसाद खनाल, शोभाखर पन्थी, अध्यक्ष मण्डलका संयोजक युवराज खत्री, सदस्य काजी श्रेष्ठ लगायतले  शुभकामना मन्तव्य राखेका थिए । एकमहिना अगाडि सम्पन्न हुनुपर्ने अधिवेशन दल निकट व्यवसायीहरुबीच पद बाँडफाँड नमिलेपछि  विवाद भएपछि अधिवेशन स्थगित भएको थियोे ।
 

ताजा खबर

सम्बन्धित खबर