२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

युवा व्यवसायी श्रेष्ठ सम्मानित

Nada
२०८१ पुष ४ गते ०८:२९
Shares
युवा व्यवसायी श्रेष्ठ सम्मानित

काठमाडौं: युवा व्यवसायी अजयकुमार श्रेष्ठ सम्मानित भएका छन् । नेपाल सरकारबाट इजाजत प्राप्त वैदेशिक रोजगार कम्पनी ग्लोकल वर्कफोर्स नेपाल प्रा.लि.का चेयरम्यान श्रेष्ठलाई ‘राष्ट्रिय गौरव सम्मान, २०२४’ बाट सम्मानित गरिएको हो ।

ncell

नेपाल टेलिभिजनबाट सचेतना कार्यक्रम संचालन गर्दै आएको ग्लोरी मिडियाले सो कार्यक्रम प्रसारण भएको १५ वर्ष पुगेको अवसर पारेर गत साता

ग्लोरी किड्स एन्ड टिन ट्यालेन्ट, २०२४ को ग्रान्ड फिनाले एवं ‘राष्ट्रिय गौरव सम्मान’ कार्यक्रम सम्पन्न गरेको थियो । वैदेशिक रोजगार तथा ट्राभल व्यवसायी श्रेष्ठलाई विगत लामो समयदेखि नेपालको पर्यटन विकास तथा पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमार्फत देश विकासमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको आयोजक दिलेरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।

श्रेष्ठ स्वतः ट्राभल्स एन्ड एड्भेन्चरका प्रबन्ध निर्देशक पनि हुन् । व्यवसायी श्रेष्ठलाई मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक तथा वैदेशिक रोजगार पत्रकार समाजका पूर्वअध्यक्ष मदनकुमार श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर