२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

गरिमाका ग्राहकलाई जोय स्टोरमा एप्पलका सामान खरिद गर्दा छुट

Nada
२०८१ मंसिर २६ गते २१:०६
Shares
गरिमाका ग्राहकलाई जोय स्टोरमा एप्पलका सामान खरिद गर्दा छुट

काठमाडौं : नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोर र गरिमा विकास बैंक लिमिटेडबीच सामग्री खरिदमा छुट सम्बन्धी सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।

ncell

उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट पुतलीसडकका शाखा प्रबन्धक सुजित नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपालको आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा गरिमा विकास बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले २० प्रतिशतसम्म छुट पाउनेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उत्पादनअनुसार गरिमा विकास बैंकका कर्मचारी तथा ग्राहकले अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।

गरिमा विकास बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई सरल र सुलभ मूल्यमा एप्पलमा उत्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक शर्माले जानकारी दिए । ‘उक्त छुटका लागि कर्मचारीले गरिमा विकास बैंक लिमिटेडको परिचय पत्र र ग्राहकले गरिमा विकास बैंक लिमिटेडको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट या गरिमा विकास बैंक लिमिटेडले प्रदान गरेको अन्य कुनै पेमेन्ट माध्यमबाट रकम भुक्तानी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सोही आधारमा जोय स्टोरले छुटमा एप्पलमा सामान उपलब्ध गराउने छ ।’

आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन एप्पलको आधिकारीक विक्रेता जोय स्टोरसँग सम्झौता गरिएको गरिमा विकास बैंक लिमिटेडका शाखा प्रबन्धक सुजित नेपालले जानकारी दिए । ‘हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरुलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नु हो,’ उनले भने, ‘सोही अनुरुप हामीले कर्मचारी तथा ग्राहकलाई सामान खरिदका छुटको व्यवस्था सहित एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन आधिकारीक बिक्रेता जोय स्टोरसँग सम्झौता गरेका हौं ।’

ताजा खबर

सम्बन्धित खबर