२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

‘अधिकारसँगै जिम्मेवारी बुझ्दै जाँदा मानव अधिकार संरक्षण हुन्छ’

Nada
कमल साह
२०८१ मंसिर २५ गते २१:२२
Shares
‘अधिकारसँगै जिम्मेवारी बुझ्दै जाँदा मानव अधिकार संरक्षण हुन्छ’

जनकपुरधाम : मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारी शर्माले हरेक दिन आफ्नो अधिकारसँगै आफ्नो जिम्मेवारी बुझ्दै जाँदाबाट मानव अधिकार संरक्षण हुने बताएकी छन् ।  

ncell

७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अवसरमा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशद्वारा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्र्यक्रमका प्रमुख अतिथि शर्माले बाल अधिकार संरक्षण गर्नमा अहिले मधेश सरकार सक्षम नरहेको बताइन् ।  

उनले भनिन्,‘बाल श्रम गरिरहेका बालबालिकामा आधारित परिवारको जबसम्म सम्पूर्ण आहारविहार, स्वास्थ्य, शिक्षासम्मको जिम्मेवारी सरकार लिन सक्दैनन्, तबसम्म राज्य बाल शोषणबाट मुक्त हुनसक्दैन  ।’  

मानव अधिकार राष्ट्रिय आयोग मधेश प्रदेशको कार्यालय हातामा आयोजना गरिएको कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेश कार्यालयको मुख्य अधिवक्ता सुरेन्द्र महतोले सानालाई ऐन ठूलालाई चैननै मानव अधिकार अहिलेको मानव अधिकार भएको भन्दै आगामी दिनमा मानव अधिकारबारे सन्तुष्टिको काम होस् भनि शुभकामना राखे । 

मानव अधिकार राष्ट्रिय आयोग मधेश प्रदेश प्रमुख बुद्धनारायण सहनीको अध्यक्षतामा आयोजित समारोहमा गैसस मधेश प्रदेशका अध्यक्ष रामचन्द्र साह,डब्लु एचआरडीका अधिवक्ता रेखा झा,रोषण जनकपुरी,एडभोकेसी फोरमका प्रमुख अधिवक्ता राजकुमार महासेठ,इन्सेक मधेश प्रदेश प्रमुख राजु पासवान,सेफ नेपालका बिनोद महरा,बिणा सिंह,किरण  घिमिरे लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । 

७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस  धनुषाका अधिकारवादी संघ संस्थाहरुले एकै दिन दुईवटा कार्यक्रम गरी मनाइएको थियो । बिहान प्रभातफेरी र साँझपख दीप प्रज्वलन गरिएको थियो । 

प्रभातफेरी र दीप प्रज्वलन कार्यक्रममा मधेश प्रदेश,जनकपुरधाम उपमहानगरपालिका,अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २, महिला पुनस्र्थापना केन्द्र (ओरेक), एडभोकेसी फोरम नेपाल, महिला मानवअधिकार रक्षक संजाल, एम्नेस्टी इन्टरनेशनल नेपाल समुह ५७,१५ र ४६  लगायतका संघसंस्थाको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर