२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पानासोनिकद्वारा काठमाडौंमा जिभा स्वीच सकेट अनावरण

Nada
२०८१ मंसिर १३ गते २१:४७
Shares
पानासोनिकद्वारा काठमाडौंमा जिभा स्वीच सकेट अनावरण

काठमाडौं : विद्युतीय निर्माण सामग्री क्षेत्रको एंकर वाई पानासोनिकले जिभा स्वीच सकेट अनावरण गरेको छ । पानासोनिकले काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो नवीनतम आविष्कार जिभा स्वीच सकेटका उत्पादनलाई अनावरण गरेको हो । 

ncell

प्रस्तुत कार्यक्रममा १५० प्रमुख बिक्रेता र उद्योगका सरोकारवालाहरूको सहभागिता रहेको थियो, जसले नेपालमा उक्त उत्पादन बारे जानकारी दिनका लागी महत्वपूर्ण कोसेढुंगाको रुपमा रहेको पाइन्छ । कार्यक्रममा एंकर बाई पानासोनीक, भारतबाट प्रमुख अतिथिको रूपमा योशियुकी काटो, विशाल नांगलिया, र सुनसुके मिजोले उपस्थित भएका थिए, जसले जिभा उत्पादनका स्वीच सकेटहरूको बारेमा जानकारी गराएका थिए । 

उनीहरूले वस्तुको गुणस्तर, नवीनता, र खुद्रा विक्रेता र उपभोक्ताहरूलाई समान रूपमा मूल्य प्रदान गर्न ब्रान्डको प्रतिबद्धता लाई जोड दिएका थिए । कार्यक्रममा बोल्दै योशियुकी काटोले भने, ‘जिभा उत्पादनले विद्युतीय निर्माण सामग्री उद्योगमा उत्कृष्टता प्रदान गरेको छ, जिभाको उत्पादनले विद्युतीय क्षेत्रमा नौलो आयाम परिभाषित गर्दै प्रिमियम उत्पादनहरू ग्राहक समक्ष प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्तरूप दिएको छ ।’

ताजा खबर

सम्बन्धित खबर