२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

महिला हिंसाविरुद्धको १६ दिने अभियानः कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

Nada
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर १० गते २०:३४
Shares
महिला हिंसाविरुद्धको १६ दिने अभियानः कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

अर्घाखाँची : महिला हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ सोमबारदेखि अभियान शुरू भएको हो ।

ncell

२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंगिक हिंसाविरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सबै निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसाविरुद्वको १६ दिने अभियान सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

सन्धिखर्क नगरपालिका अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईरालाले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताए ।

सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले  महिलाहरूले कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछुतजस्ता हिंसा, विभेद र अपमानजन्य पीडा खेप्न अहिले पनि  बाध्य भएको उल्लेख गरिन् । उनले लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन अनुरोध गरिन् । 

जिल्ला समन्वय प्रमुख  कोईरालाले  हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको र नगरपालिकाले यी र यस्ता विषयमा सकारात्मक भुमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,  निरीक्षक जगन्नाथ मरासिनी, महिला जनप्रतिनिधिहरु, नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले  महिला हिंसा, यसको सुरुवात र बढ्दो नकारात्मक मानसिकतालगायतका विषयमा जानकारी दिँदै हिंसा अन्त्यका लागि सबै पक्षको एकरुपता हुन जरुरी भएको बताए । 

ताजा खबर

सम्बन्धित खबर