२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

लक्ष्मी उप्रेती सेवा पुरस्कार घोषणा

Nada
२०८१ मंसिर १० गते १२:२१
Shares
लक्ष्मी उप्रेती सेवा पुरस्कार घोषणा

काठमाडौं : लक्ष्मी उप्रेती सेवा पुरस्कार घोषणा गरिएको छ । अग्रज साहित्यकार लक्ष्मी उप्रेतीका छोरा संजय उप्रेती तथा छोरीहरू सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको नाममा पुरस्कार स्थापना गरेका हुन् ।

ncell

गत वर्ष आमाको कर्मशील जीवनको सम्मान गर्दै १५ लाख राशिको अक्षय कोषको घोषणा गरेका उनीहरुले यस वर्षदेखि हरेक वर्ष यसको ब्याजबाट कुनै एक क्षेत्रको उल्लेखनीय कार्य गर्ने एक व्यक्तिलाई वर्षको उत्कृष्ट सम्मानस्वरुप एक लाख एक सय रुपैयाँसहित सम्मानपत्रले "साहित्यकार लक्ष्मी उप्रेती सिर्जनशील पुरस्कार" बाट र साहित्यिक क्षेत्रका नवोदित प्रतिभालाई प्रोत्साहन स्वरूप दश हजार एक सय रुपैयाँसहित सम्मान पत्रले "साहित्यकार लक्ष्मी उप्रेती नवप्रतिभा साहित्य पुरस्कार" प्रदान गर्ने घोषणा गरेका हुन् ।

पुरस्कार संस्थापकहरू तथा संस्थाको निर्णयअनुसार यस वर्षको ‘साहित्यकार लक्ष्मी उप्रेती सिर्जनशील पुरस्कार’ काठमाडौं निवासी क्रिकेट खेलाडी विजयकुमार शर्मालाई प्रदान गरिने भएको छ ।

शर्माले २०३७ सालमा सुरु भएको प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा २७ विकेट लिएका थिए र सो रेकर्ड हालसम्मकै नेपाली क्रिकेट खेलको इतिहासमा ऐतिहासिक मानिन्छ ।

त्यसैगरी २०८१ सालको साहित्यकार लक्ष्मी उप्रेती नवप्रतिभा साहित्य पुरस्कारबाट सुनसरीकी (हाल मोरङ) साहित्यकार राधा भट्टराई गौतमलाई प्रदान गरिने भएको छ ।

साहित्यकार भट्टराईका नेपाली साहित्यका गजल, मुक्तक, लघुकथा, कविता आदि क्षेत्रमा कृति तथा रचनाहरू प्रकाशित छन् । दुबै पुरस्कार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर