२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

सिरहा सखुवानन्कारकट्टीका  विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

shivam cement
प्रदिप सिंह
२०८१ कार्तिक ११ गते २०:२५
सिरहा सखुवानन्कारकट्टीका  विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

सिरहा : सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ मा रहेको आधारभूत विद्यालय, बेतहा जगतपुरमा लायन्स क्लब अफ लहान फुलवारीले सयौं विद्यार्थीलाई स्कुल ब्याग, कलम, कापी लगायतका शैक्षिक सामग्री वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले विद्यार्थीहरूलाई अध्ययनप्रति प्रेरित गर्ने र उनीहरूको शैक्षिक प्रगति अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष शंकरप्रसाद गुप्ताले गरेका थिए भने प्रमुख अतिथिका रूपमा उपप्रमुख निलम देवी यादवको विशेष उपस्थिति रहेको थियो । यादवले आर्थिक रुपमा कमजोर, गरिब र दलित समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरणले थप प्रोत्साहन मिल्ने बताइन् । 

कार्यक्रममा लायन्स क्लबका अन्य सदस्यहरू, स्थानीय नेता तथा अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्षसहितले विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए। साथै, विद्यालयलाई हराभरा बनाउने अभियानअन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोपण पनि गरिएको थियो, जसले वातावरणीय संरक्षण र हरियालीको महत्वमा जागरुकता फैलाउने उद्देश्य राखेको थियो । 

विद्यालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवलाई लायन्स क्लबले ‘टोकन अफ लभ’द्वारा सम्मान गरेको थियो । साथै, उद्योग वाणिज्य संघका सचिवले विद्यार्थीहरूलाई लिचीको जुस वितरण गर्दै समाजका सबै वर्गको शैक्षिक प्रगति र समृद्धिका लागि एकताको महत्वमा जोड दिए ।

बेतहा जगतपुर आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीले लायन्स क्लबको यस सहयोगप्रति कृतज्ञता प्रकट गर्दै समाजको सकारात्मक रूपान्तरणमा यसको महत्वपूर्ण योगदानको प्रशंसा गरे ।

ADV

सम्बन्धित खबर

Advertise