२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

कथा : पछुतो

ADV
२०८१ कार्तिक १० गते ०६:५०
कथा : पछुतो

–कुञ्ज देवी उपाध्याय 

आगोमा हात हाल्दा डढ्छ भनेर सबैले जान्ने कुरा हो । त्यसले पनि बलेको आगोमा फाल हानेकै हो । अहिले रोएर के गर्ने ?

“के भयो हजुरआमा ? के डढ्यो ?”

“तै इन्दिरा ! आज रोएर सुनाउँछे । पहिलै रोएकी भए आज भोग्नै पर्ने थिएन ।”

“कुरो त सही हो हजुरआमा । तर, के गर्नु । आफ्नै खुन हो । माया मार्न पनि सकिँदैन ।” 

“म सक्छु । त्यसले मलाई लात मारेर गएकी धेरै सुख पाउँछु भनेर, एउटी स्वास्नी, छोरा छोरी भएकोसँग जाने अन्धी हो त्यो ।”

आफ्नो जागिर हुँदा पनि इन्दिरा अनुपमसँग भागेर बिहे गर्छे । उसलाई घर आउन दिएनन् । आमा साह्रै भनेको सुनेर ऊ रुन्छे । सबैसँग गुहार माग्छे । तर, आमाको मन पग्लिँदैन । 

उनी बिरामी अवस्थामा छोरालाई भन्छिन्, “त्यसले मेरो साह्रै मन दुखाएर गएकी हो । म जिउँदै छउन्जेल मेरो घरमा पाइला हाल्नु नदिनु ।”

इन्दिरा हरिहर पण्डितकी एक मात्र छोरी । एउटा छोरो र एउटी छोरीसँग अत्यन्तै खुसी थिए हरिहर । उनी जागिर खान्थे । पैसाको कमी थिएन । परोपकारी हरिहर सबैलाई सहयोग गर्थे । घरमा आमा, पत्नी र दुई छोरा छोरी रमाइलो माहौलमा दिन बिताउने गर्थे । 

इन्दिरा सुन्दर र सुशील थिइन् । पढाइमा अब्बल दर्जाको विद्यार्थी थिइन् उनी । नृत्य, गीतमा पनि रुचि राख्ने गर्थिन् । सबैले धेरै माया गर्ने गर्थे । छोरो अमल भने विपरीत थियो । ऊ पढ्नभन्दा चित्र आँक्न मन पराउँथ्यो । दिनभरि भित्र पसेर आँकिरहन्थ्यो । उनी आमा छोरोलाई लिएर धेरै चिन्तित थिइन् । 

एक दिन हरिहर बिहानै खाना खाएपछि अफिस जान निक्लन्छन् । उनी पत्नीको हातको पान चपाउँदै छोरीलाई गाला मुसार्दै माया गर्छन् अनि सानो छोरालाई गालामा चुम्बन गर्दै भन्छन्, “बाबु स्कुलमा गएर राम्रोसँग पढ्नु ल । म भरे धेरै पापा (मिठाई) लिएर आउँछु ।”

उनीहरू बेलुकासम्म बाटो हेरि रहे तर, पिताजी घर आएनन् । केही खबर पनि आएन । आमाले चिन्ता गर्दा गर्दै चुल्होमा आगो बालिनन् । नानीहरू त्यसै सुते । 

भोलिपल्ट बिहान यताउता खबर गरिन् । केही खबर नपाएर हताश हुँदै घर आएर पस्नासाथ एउटा गाडी आउँछ अनि पुलिस चौकी लिएर जान्छ । 

त्यहाँ उनका पतिको मृत देह देखेपछि उनी त्यहीँ मुर्छा पर्छिन् । कसैले हत्या गरी कालभार्ट छेउ फालेको अवस्थामा फेला परेको कुरा पुलिसले जानकारी गराउँछन् । 

कसले घरसम्म ल्याए ऊ केही जान्दिनन् । 

पाँच वर्षको छोरो त्यो देखेपछि बेहोस हुन्छ अनि सधैँको लागि बोली रोकिन्छ । 

ऊ लाटो त हैन तर, के बोल्ने के नबोल्ने जान्दैन । एकोहोरिएको जस्तो हुन्छ । 

इन्दिरा आमा र हजुरआमासँग बढ्दै गइन् । सुन्दर हुनाले स्कुलमा धेरै केटा उनका साथी बने । कलेज पुगेपछि स्कुलदेखि भेटेको अरुणको प्रेममा परिन् उनी ।

ऊ घरमा पनि आउने–जाने गर्थ्यो । आमा, हजुरआमा दुवैलाई विश्वास दिलायो । इन्दिरालाई बिहे गर्छु भनेर । 

भाइ अमललाई केही कुराको मतलब हुँदैनथ्यो । ऊ स्कुल जान्थ्यो, आउँथ्यो । अरुण धेरै धनवान् घरको छोरो । उसका घरमा इन्दिरालाई कसैले मन नपराउने । 

बुबा आमाले अरुणलाई छिट्टै बिहे गर्ने निर्णय लिन्छन् अनि आफूजस्तै धनी घरकी छोरी कान्तासँग बिहे ठिक गर्छन् । ऊ ना गर्न सक्दैन । 

इन्दिरा रोएर पागल झैँ हुन्छे, तर उसको दुःख बुझ्ने कोही हुँदैन । आफ्नो वेदना समेटेर फेरि पढाई गर्छिन् इन्दिरा । 

आफ्नो कर्तव्यनिष्ठ स्वभावले उनी एउटा विद्यालयमा शिक्षिकाको पदमा जागिर पाउँछिन् । 

दुई छोरा छोरी जन्मिएर हुर्किसकेको अरुण फेरि इन्दिराको वरि परि मडरिन थाल्छ, अनि दुवैको बिच पहिलो प्रेम जाग्न लाग्छ । ऊ सनै सनै इन्दिराको घर गएर धेरै समय बिताएको हजुर आमा र आमा मन पराउँदैनन् तर, केही भन्न पनि सक्दैनन् । 

अन्धो प्रेमलाई जित्न नसकेर एक दिन दुवै भागेर बिहे गर्छन् । धन दौलतको अहंकार छाएको अरुण केही दिन एक किरायाको कोठामा इन्दिरासँग बिताउँछ अनि उसलाई त्यहीँ छोडेर आफ्नो घर जान्छ । त्यति बेलासम्म उसकी पहिलो पत्नीले कोर्टमा केस दर्ता गरिसकेकी हुनाले ऊ लुत्रुक्क परेर घरमा बस्ने गर्छ । 

बेहाल इन्दिरा केही महिनासम्म त्यतै बसेर आफ्नै आमाको घर फर्कन मन गर्छिन् । विश्वासघाती छोरीसँग आमा र हजुरआमा धेरै रिसाएका हुनाले उनीहरू अब उसको मुख नहेर्ने फैसला सुनाउँछन् । 

तर, कति दिन ? कुन आमाले आफ्नो छोरीको दुःख हेरिरहन्छ सक्छन् ? आमा त आमा हो, धरती हो । उनी रातदिन रोइ रहने गर्छिन् । छोरीको गल्ती माफ गरेर घर बोलाउने सहमति माग्छिन् सासूसँग । 

हजुरआमा मान्नै खोज्दिनन् । उनी आफूलाई लत्त्याउँदै गएको सम्झन्छिन् । 

इन्दिराको आमाको ओछ्यान लाग्छ । सही उपचार नभएको खबरले इन्दिरा व्यथित हुन्छिन् अनि जे गरे पनि गरुन् भन्दै आफ्नो घरमा घुरेर आउँछिन् । आमाको उपचार गर्छिन् । आफ्नो आँसु लुकाएर आमालाई सान्त्वना दिन्छिन् । 

उनी बारम्बार अनुभव गर्छिन्, आफ्नो गल्ती । भाइ बोल्दैनन्, हजुर आमा बोल्नुहुन्न । तै पनि उनी प्रण गर्छिन् सँगै जिउने ।

अब समय आएको छ अर्को फैसला लिने... इन्दिरा सोचमा डुबुल्की मार्दै अनुभव गर्छिन् । अवहेलित भएर कति बस्ने ? एउटा घर आफ्नो पनि त बनाउनु छ । 

ADVADV

सम्बन्धित खबर

Advertise