२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रौतहटमा बाढीका कारण दुई अर्ब दश करोड बढीको बाली नालीमा क्षति

Nada
प्रेमचन्द्र झा
२०८१ कार्तिक ९ गते २०:४८
Shares
रौतहटमा बाढीका कारण दुई अर्ब दश करोड बढीको बाली नालीमा क्षति

रौतहट : बाढी तथा अविरल वर्षाका कारण रौतहटमा दुई अर्ब दश करोड रुपैयाँ बराबरको बालीनालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले सार्वजनिक गरेको तथ्यांक अनुसार १७ पालिकाका १२ हजार दुई सय ८० किसानको उक्त रकम बराबरको क्षति भएको हो । 

ncell

सो तथ्यांकमा  ११ हजार दुई सय ५८ हेक्टर जग्गामा लगाइएको धानबाली, नौ सय ९६ हेक्टर जग्गामा लगाइएको उखु बाली, चार सय ४७ हेक्टर जग्गामा लगाइएको तरकारी, दुई सय २३ हेक्टरमा लगाएको फलफुल बाली र पचास हेक्टर जग्गामा लगाइएको मकै तथा चालिस हेक्टरमा लगाइएको दालबाली बाढी र अविरल वर्षका कारणबाट क्षति भएको कार्यालय प्रमुख सुरेन्द्र कुर्मीले जानकारी दिए । 

किसानले केही दिनमै भित्र्याउने तयारीमा जुटेको धानबाली अविरल वर्षा र बाढीले  नष्ट गरिदिएको छ । वर्ष दिन सोही बालीबाट आहार र व्यवहार गर्नुपर्ने  आश्रित परिवारलाई ठूलो मारमा परेको गौर नगरपालिका वडा नम्बर ४ का किसान राम नरेश यादवले  बताए । सो किसानहरुले अब केही दिनमा शुरु हुने गहुँ खेती तथा मसुरो खेतीबालिमा सरकारले सहयोग गरी दिनुपर्ने किसान यादवको माग रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर