२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

गोपाल सेवा समितिको वार्षिक साधारण सभा सम्पन्न

Nada
प्रदिप सिंह
२०८१ कार्तिक ४ गते ११:५७
Shares
गोपाल सेवा समितिको वार्षिक साधारण सभा सम्पन्न

लहान : चाडपर्वको अवसरमा गोपाल सेवा समिति लहानले शुभकामना आदानप्रदान कार्यक्रमसहित वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्वसञ्चारमन्त्री तथा सिरहा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादव रहेका थिए ।

ncell

कार्यक्रममा प्रमुख अतिथि यादवले चाडपर्वले एकआपसमा सद्भाव र भाइचारा बढाउने भन्दै समितिलाई सामाजिक कार्यमा निरन्तर सक्रिय रहन सुझाव दिए ।

साधारण सभामा समितिका गत वर्षका गतिविधिहरूको समीक्षा गरिएको थियो भने आगामी वर्षका योजनाहरूको बारेमा विस्तृत छलफल भएको जानकारी गराइएको थियो ।

समारोहमा विभिन्न स्थानीय समाजसेवी, व्यापारी र समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर