सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराकव् निजगढ नगरपालिका–१ बजार टोल बस्ने अन्दाजी ४२ वर्षीय अनन्त बराइली तथा सोही स्थान बस्ने उनीकी श्रीमती अन्दाजी ३५ वर्षीया मञ्जु बराइली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले कटहरिया नगरपालिका वडा नं. २ छेदीचोकस्थित जंगलसहियाबाट कटहरियातर्फ आउँदै गरेको प्र.२–०३–००१ह ३१५ नं. को अटोलाई चेकजाँच गर्दा चालक बसेको सिटमुनि लुकाइछिपाइ राखिएको १० किलो ५०० ग्राम गाँजा बरामद गरेको हो ।
बरामद गाँजासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies